देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निधिको रणनीति : मन्त्रिपरिषद बैठक नि नजाने, राजीनामा नि नदिने

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री एंव नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि वरियाता विवादका कारण मन्त्री परिषदको बैठकमा पनि सहभागि नहुने र राजीनामा पनि नदिने रणनीति अपनाउने भएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकार निर्माणका बेलामा महत्वपुर्ण भुमिका निर्वाह गरेका नीधि कमल थापालाई दोश्रो वरियाताको उपप्रधानमन्त्री बनाएपछि असंतुष्ट बन्दै आएका थिए । पछिल्लो पटक राजीनामा दिने मनस्थितीमा पुगेका नीधि शनिवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि मन्त्रिपरिषदको बैठकमा पनि सहभागि नहुने र राजीनामा पनि नदिने मनस्थिीतीमा पुगेको उनी निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सभपाति देउवाले चुनावको मुखमा राजीनामा नदिन भनेपछि उनी राजीनामा नदिने र मन्त्रिपरिषद बैठकमा पनि सहभागि नुहने निष्कर्षमा पुगेको बताइएको छ । स्रोतले भन्यो–‘अब निर्वाचन अगाडि २–४ वटा मात्रै मन्त्रीपरिषदको बैठक होलान ती बैठकमा उपप्रधानमन्त्री ज्यू सहभागि हुनुहुन्न । राजीनामा पनि दिनुहुन्न ।’ सभापति देउवासंग गोप्य कुराकानी भएपछि उनी राजीनामा नदिन राजी भएको बताइएको तर राजीनामा नदिएपनि मन्त्रीपरिषद बैठकमा पनि सहभागि नुहने निष्कर्षमा पुगेका हुन् ।

सभापति देउवाले निर्वाचनको मुखमा राजीनामा नदिन आग्रह गरेका कारण नीधिले राजीनामा नदिएको बताइएको छ । निर्वाचनका मुखमा राजीनामा दिदा निर्वाचनका बेलामा पार्टी कार्यकर्ताहरु र आम नागरिकमा समेत गलत सन्देश जान्छ कि भन्ने आधारमा मात्रै राजीनामा नदिएको उनी निकट स्रोतले बताएको छ । वरियाता विवादका कारण बस्न नसकेको मन्त्रीपरिषदको बैठक आज आइतवार दिउसो ३ वजेका लागि बोलाइएको छ ।