देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुटको अखडा बन्दै जिल्ला शिक्षा कार्यालय

देशान्तर

दीपेन्द्र चौहान
वीरगन्ज । पटकपटक भ्रष्टाचारको आरोपमा कारबाही भोगिसकेका र निलम्बनमा परिसकेका तथा अख्तियारले डामेका पर्साका जिल्ला शिक्षा अधिकार केदार तिवारीले जिल्ला शिक्षा कार्यालयलाई लुटको अखडा बनाएका छन् । उनले बालविकास कोटाअन्तर्गतको दरबन्दीमा भर्ना भएका ३५ जना शिक्षिकाहरूलाई हटाएर पुन: नजरना लिएर नयाँ शिक्षिकालाई नियुक्ती दिएको तथ्य सार्वजनिक भएपछि विरोध सुरु भएको छ ।

देशभरका जिल्ला शिक्षा अधिकारीहरूमध्ये सबैभन्दी धनी कहलिएका तिवारी आफ्नीश्रीमती रामाकुमारीसँग अहिले कागजी सम्बन्धविच्छेद गरेर सँगै बसेका छन् । उनले कमाएको सम्पत्तिको स्रोतको खोजी हुने भएपछि तिवारीले श्रीमतीसँग कागजी रूपमा सम्बन्धविच्छेद गरेर सम्पत्ति जोगाउने कदम उठाएका हुन् ।

वीरगन्जको वाइपासमा चारवटा प्लट, आलिसान बंगला, हजारौ कित्ता सेयरका धनी तिवारी आफ्नो एक छोरा विवेक र छोरी गुड्डी तिवारीलाई जनही रु.४५ लाख तिरेर चितवन मेडिकल कलेजमा पढाइरहेका छन् । जिल्ला शिक्षा अधिकारी तिवारीको दैलो अगाडि अनाधिकृत रूपमा त्रिशक्ति एकेडेमी सञ्चालित छ ।

रोयल एकेडेमी, ग्लोबल इन्टरनेसनल एकेडेमी, परिवर्तन एकेडेमी, स्टुडेन्ट नेक्टरजस्ता जिल्लाभरिमा लगभग ५० वटा वोडिङ स्कुलहरू सरकारको स्वीकृतिसमेत नलिइकन सञ्चालनमा रहेका तथ्यका बारेमा जानकार हुँदाहुँदै पनि जिशिअ तिवारीले सबैसँग मासिक नजराना बुझेर हजारांै बालबालिकाको भविष्यसँग खेलवाड गरिरहेका छन् ।