देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्याललाई आइजिपी बनाउन सत्तासिन घटकबीच सहमति

देशान्तर

काठमाडौं डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ ।  सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेता बीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो । स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो, आजको नागरिक दैनिकमा खवर छ । । वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ ।