देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावी रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनाव नजिकिँदै गर्दा चुनावी रणनीतिको तयारीका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । चुनावी रणनीतिका बोरमा छलफलमा लागि भन्दै शुक्रवार बिहान ८ बजे संसद्भ भवनस्थित ल्होत्से हलमा संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठकमा सांसद् तथा केन्द्रीय सदस्यहरुसँग आआफ्ना जिल्लामा पार्टीको अवस्था, पार्टीले जित्न नेताहरुले खेल्नुपर्ने भूमिका, तथा घोषणापत्रमा पार्टीले राख्नुपर्ने विषय पनि राख्ने कांग्रेसले जनाएको छ। कांग्रेसले चैत १५ गते केन्द्रीय समिति बैठकबाट निर्वाचन परिचालन समिति र घोषणापत्र निर्माण समिति बनाएको थियो।

रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समिति र महेश आचार्यको संयोजकत्वमा गठन भएको घोषणापत्र निर्माण समिति दुवैले क्रियाशीलता देखाउँदै उनीहरु विभिन्न पक्षसँग छलफल गरिरहेका छन्। वरिष्ठ नेता पौडेल नेतृत्वको निर्वाचन परिचालन समितिले विभिन्न क्षेत्रसँग छलफल गर्ने निर्णय गर्दै केही दिनअघि तालिका समेत सार्वजनिक गरेको थियो। त्यसका लागि उसले पूर्व प्रशासक, पेशागत संगठन, बुद्धिजीवी, पत्रकारिता क्षेत्रका पुराना व्यक्तिहरु सहितसँग छलफल गरिसकेको छ।

निर्वाचन परिचालन समितिले यसअघि नै तालिका नै बनाएर निर्वाचन रणनीति निर्माणका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने घोषणा गरेको थियो। घोषणापत्र निर्माण समितिले पनि विभिन्न क्षेत्रसँग छलफल गरिरहेको छ।