देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशमा नेपाली कांग्रेसको पक्षमा लहर, बारामा सयौको संख्यामा कांग्रेस प्रवेश

देशान्तर

निजगढ । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा तराई मधेशमा नेपाली कांग्रेसको पक्षमा लहर देखिन थालेको छ । बिषेश गरि दुई नम्बर प्रदेशमा विभिन्न जिल्लामा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । केहि दिन अघि मात्र वारा, रौतहट तथा मकवानपुरमा सयौको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थियो ।

बुधवार नेपाली कांग्रेस निजगढ नगरसमितिले आयोजना गरेको कार्यक्रममा साबिक रतनपुर गाविस वडा नं २ निर्वाचित वडा अध्यक्ष एबं राप्रपा का नेता शंकर वहादुर रुम्बा, एमाले नेता संजय लामा सहित नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरी सैयौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी सवैलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै युवा नेता प्रदीप पौडेलले लोकतन्त्र र राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताए । नेपाली कांग्रेसको उर्वर भुमी नै मधेश भएको भन्दै कांग्रेस सधै मधेशको साथमा रहने स्पष्ट पारे । युवा नेता पौडेलले भने–‘नेपाली कांग्रेस मधेशका माग सम्बोधन गरेर मात्र नेपाली कांग्रेस निर्वाचनमा जान्छ । कांग्रेस आजिवन दक्षिणी सिमानाको रक्षा गरेर बस्ने नेपालीलाई विदेशी देख्ने गलत भ्रमबाट सवैलाई मुक्त हुन पनि आग्रह गर्दछ ।’