देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखाको भीरकोटमा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु

देशान्तर

काठमान्डौं । दोलखाको भीरकोट गाविसमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रवार साँझ ट्रिपर सडकबाट तल खस्दा ट्रिपरका धनी सन्दीप लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए ।
जिल्लाको तामाकोशीमा बालुवा लोड गरेर गैरिमुदी गाविसा तर्फ जाँदै गरेको लु अ ख ५४६ नं को ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा गैरीमुदी २ का प्रभुशरण तामाङ घाइते भएका छन् । चालक शैकरलाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।