देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–भारत प्रबुद्ध समूहको तेसो बैठक बुधबारदेखि काठमाडौँमा

देशान्तर

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूहको बैठक चैत २३ र २४ गते काठमाडौंमा हुने भएको छ । प्रबुद्ध समूहको तेस्रो बैठक बस्ने मिति तय भएको समूहका सदस्य सांसद डा राजन भट्टराईले राससलाई जानकारी दिए ।

गत जनवरीमा बस्नुपर्ने बैठक स्थगन भएर पुनःबस्न लागेको हो । पहिलो बैठक गत जुलाइ र दोस्रो अक्टोबरमा भएको थियो । तेस्रो बैठकका समयमा भारतमा निर्वाचन परेकाले बैठक सरेको थियो । हरेक तीन महिनामा बैठक आयोजना हुन्छ ।

बैठकमा सन् १९५० को नेपाल–भारत सन्धि, दुई देशबीच जलस्रोत, व्यापार, पारवहन तथा सामाजिक सांस्कृतिकलगायत विषयमा छलफल हुने डा भट्टराईले बताए ।

प्रबुद्ध समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्याय र परराष्ट्रविद् डा राजन भट्टराई तथा भारतबाट भगतसिंह कोसियारी, डा महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्तप्रसाद छन् ।