देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा लोहनीको नेतृत्वमा आज नयाँ पार्टी घोषणा

देशान्तर

काठमाडौं । राप्रपाको एकता महाधिवेशनपछि असंतुष्टी जनाउदै राप्रपा परित्याग गरेको नेता डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा बुधवार नयाँ पार्टीको घोषणा हुँदैछ । यो संगै गत मंसिर ६ गते एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला भने विभाजन हुने निश्चित भएको छ । तत्कालिन राप्रपा र राप्रपा नेपालबीच एकता भएसँगै चुनाव चिन्ह हलो छाडिएकोमा नेता लोहनीले असन्तुष्टि जनाउँदै आएका थिए ।

नयाँ घोषणा गरिने पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी राखिने विषयमा नेताहरुबीच यसअघि नै सहमति भइसकेको छ । एसआर पार्टी प्यालेस, धुम्बाराहीमा बुधबार दिउँसो १ बजेको लागि पार्टी घोषणा कार्यक्रमा राखिएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी राखिने बताइएको छ । गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तर, केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र लोहनी मिलेर सो पार्टी घोषणा गर्न लागिएको हो ।

लोहनीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिने बताइएको छ । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हुने छ भने पार्टीको चुनाव चिन्ह हलो नै राखिने निश्चित गरिएको छ । घोषणा भएको पार्टीले आगामी स्थानीय तह चुनावमा भाग लिने या नलिने भन्नेमा विषयमा भने टुङ्गो लाग्न सकेको छैन ।