सहमति सहकार्य र एकताको आधारबाट हामीहरु यहाँ आइपुग्यौ, त्यो खलबलिएर गयो । कसले, के ग¥यो त्यसमा पनि म जान्न । मैले भनेको थिए, यही सदनमा, जंगलमा हराएपछि फेरि त्यही ठाँउमा पुगेर फेरि बाटो खोज्नुपर्छ भन्ने मेरो विश्वास हो । मलाई ठेस लाग्ला, गिरिजाप्रसाद कोइरालालाई ठेस लाग्ला तर मेरो विश्वासमा कुनै आघात पुगेको छैन ।
सम्माननिय सभामुख महोदय,
माननीय सांसद मित्रहरु
म धेरै लामो कुरा भन्न यहाँ उपस्थित भएको होइन । न कसैले बोलेका कुराहरुमा जवाफ दिन नै म उपस्थित भएको हुँ । म आफ्नो कुरा भन्न भनेर यहाँ आएको हुँ, तपाईहरुका बीचमा । यस अवस्थामा हामीहरुले अत्यन्त नै जिम्मेवारीपूर्वक आफ्नो क्रियाकलापहरु गर्नुपर्छ भन्ने मलाई लाग्दछ । किनभने, जुन कुराहरुबाट हामी यहाँसम्म आइपुग्यौ– सहमति सहकार्य र एकताको आधारबाट हामीहरु यहाँ आइपुग्यौ, त्यो खलबलिएर गयो । कसले, के ग¥यो त्यसमा पनि म जान्न । मैले भनेको थिए, यही सदनमा, जंगलमा हराएपछि फेरि त्यही ठाँउमा पुगेर फेरि बाटो खोज्नुपर्छ भन्ने मेरो विश्वास हो । मलाई ठेस लाग्ला, गिरिजाप्रसाद कोइरालालाई ठेस लाग्ला तर मेरो विश्वासमा कुनै आघात पुगेको छैन र म कसैलाई यसमा दोष पनि दिन् चाहान्छु । यो शक्ती हो यो बुझेनन् साथीहरुले बुझ्नुभएन होला, यो चाँही यत्रो ठुलो शक्ती हो । यो बन्दुकले पनि समाप्त गर्न सक्दैन, एटम बलमे पनि सक्दैन् । यत्रो ठुलो शक्ती छ सहमति सहकार्य र एकतामा राष्ट्रियताको आवाज पनि छ । त्यसकारण यसलाई हामीहरुले छोड्न हुँदैन र यही आधारमा हामीहरु अगाडि जानुपर्छ । म सवैलाई आग्रह के गर्दूछु भने यसैमा हामीहरु एक भएर जाऊँ ।
मैले त्यसको निम्ति पनि माध्यम बनाएको छु, त्यसमा सवै समावेश हुन सकून । प्रचण्डजीहरु र अरुहरु पनि जो आज उहाँहरुले यसलाई वहिष्कार भनेर जानुभएको छ, उहाँहरुलाई पनि म के आग्रह गर्न चाहन्छु भने यसमा मैले आउने बाटो र निकास दिएको छु सवैको लागि । यो सरकार जो बन्दछ, त्यो सरकार माथि एउटा संयन्त्र तयार गर्नुपर्छ राजनीतिक दलहरुको । ती राजनीतिक दलहरुले सरकारमा पनि कुनै किसिमको विरोधाभास भयो, कुनै किसिमको विरोधाभास भयो, कुनै किसिमको असजिलो प¥यो भने आपसमा छलफल गरेर त्यसलाई टुंग्याउने काम पनि त्उसले गर्नेछ । त्यसकारणले सरकारमा जाने सरकारमा जान्छन, माथि संयन्त्रमा बस्ने संयन्त्रमा बस्छन । सवै दलहरु नेताहरु । त्यसकारण यसरी हामीहरुले मिलाएर लिएर गयौ भने सहमति सहकार्य र एकताको बाटो खुल्छ । नयाँ किसिमबाट खुल्छ । त्यही ढोका मैले खोल्ने हिसाबले यो कुरा गरेको हुँ । आजको दिन म प्रचाण्डजी र सवैलाई आग्रह के गर्छु भने य स दिशामा यस उद्देश्यमा तपाईहरु पनि लाग्नुस र देशलाई एउटा सबल रुपमा अगाडि बढाउनुस् भन्ने मेरो आकांक्षा पनि छ र उहाँहरुलाई पनि आग्रह म गर्दछु ।
अर्को कुरा मलाई के भन्नु छ भने यो जुन सहमति सहकार्य र एकता छ, त्यो अत्यन्त नै महत्वपुर्ण कुरा हो । सारा संसारले यसलाई स्वीकार गरेका हुन् र नै त्यो शक्तीलाई केहि कारणवश भनु कसैलाई मैले दोष दिने ? कसैलाई पनि दोष दिन चाहन्न । घटनाक्रमले यसलाई बिथोल्यो । अब फेरि आएर त्यही कुरा हामीले गर्नुपर्छ । यत्रो अन्तराष्ट्रिय सर्मथन पाउनु भनेको त्यो एउटा ठुलो शक्ती पाउनु हो । गाली गरेर, कसैलाई होच्याएर त्यो शक्ती हुँदैन । शक्ती त हुन्छ, सवैको सहयोग प्राप्त गरेर देशलाई बलियो बनाउने । स्वतन्त्र, सार्वभौम र समृद्ध नेपाल बनाउने । त्यो शक्तीको खोजीमा यही एउटा बाटो छ । अर्को कुनै बाटो म देख्दिन, त्यसैले मैले आग्रह पनि गरे ।
मैले नबुझेको कुरा पनि छ, यत्रो ऐतिहाँसिक काम गरेर अन्त्यमा प्रचण्डजी किन त्यस्तो कुरा गर्नु भो अचम्म लागेको छ । जब यो शान्ति एउटा निष्कर्षमा पुग्न लागेको थियो त्यो बेलामा उहाँले किन यताउती गरेको हो त्यो मैले बुझ्न सकिन । मलाई एउटा संझना हुन्छ अशोकको । यत्रो इतिहाँसमा उहाँको नाम हुने थियो उहाँ किन गर्नुभएन ? आज यो सन्देश जान्छ कि जाँदैन, उहाँलाई जाओस् भनेर नै मैले बोलेको हुँ । अशोकलाई अन्तत कलिङ्गको लडाईमा जीत भयो, उनले हिंसा ती केटाकेटीहरुको रोदन, ती महिलाहरुको विधवा भएका, ती अपाङगहरुको कोलाहल यो सवै रगत देखेर उनले म त हारेको रहेछु भन्ठाने । यो मैले जितेको होइन भन्ने उनलाई लागेर उनी कहाँ ग एभने बुद्धको जन्मस्थल नेपाल । त्यहाँ बुद्धले दिएको शान्तिको सन्देशलाई लिएर उनलाई सन्तोष भयो कि अब मैले जिते भनेर । शान्तिको सन्देश भएर अहिले पनि स्तम्भ छ लुम्बिनीमा । अहिले पनि यो अशोकको स्तम्भ छ ।
आज प्रचण्डजीले के भन्नुभयो म बुझ्दिन । म आफ्नै कुरामा अल्झेको छु । र माधवजीको बारेमा के भनिदिनुभयो भने हारेको व्याक्ती । सहमति सहकार्य र एकतामा कसैको हार हुँदैन, सवैको जीत हुन्छ ।
त्यसकारण यो उहाँको पनि जित हो । यो हाम्रो मात्रै जित होइन किनभने सहमति सहकार्यको उहाँ त निमित्त पात्र मात्र हो । मैले सहमति सहकार्य र एकताको बाटोमा हिडाउने व्यक्ती जो हिड्छ त्यो सहमति सहकार्य र एकता हो । त्यसकारणले माधवजी त निमित्त मात्रै हो । त्यो कुरा उहाँहरुले बुझ्नुपर्ने थियो । सहमति सहकार्य र एकता भन्ने सवैभन्दा राम्रो कुरा हो । यसैबाट देशको निकास निस्कन्छ भन्ने कुरा मैले बुझाउन सकिनछु । त्यसैले म पनि फेल भए । सवैको सहमतिमा राज्यमा शान्ति बनाउने र अनि त्यसपछि शान्ति र सहमतिको बाटोबाट गएर नेपाललाई आर्थिक रुपमा विकसित गराउने । शायद उहाँहरुको पनि यही होला नयाँ नेपाल । त्यसका लागि चाँही राष्ट्रिय एकता मेलमिलाप र सहमतिकै आधारबाट हामीहरु जानुपर्छ । यहाँको सन्देश उहाँहरुलाई पुग्छ पुग्दैन मलाई थाहा छैन तर पुगोस भन्ने मेरो आकांक्षा छ । उहाँहरु फेरि सम्मिलित भएर यो अधुरो कुरालाई पुरा गरौ हामी सवै मिलेर पुरा गरौ भन्ने मेरो आकांक्षा पनि हो र मेरो सहयोग पनि हो । यत्रो दिन संग–संगै उहाँहरुले नै गर्नुभयो तर के कारणले हो, किन हो धेरै कुरा सन्दैछु यताउति ।
यो उमेरमा यो बेलामा म कसैलाई पनि दोष दिन चाहान्न । बरु मलाई दोष दिए हुन्छ तर म अरुलाई दोष दिन चाहान्न । दोष लिन म तयार छु, तर अरुहरुलाई दिन चाहान्न म यो उमेरमा । त्यसकारले म आग्रह गर्छु अहिले पनि माधवजीलाई सहयोग गरेर हामीहरु यसैमा आऔ । एउटा संयन्त्र जो बनाउदै छौ– सरकारमा जाने सरकार जान्छन, माथि सवैलाई अटाउने संयन्त्र हो । त्यसमा पनि म बस्दिन्छु । हुन त मेरो उमेरले दिदैन तैपनि म बस्दिन्छु । सवैका लागि बस्दिन्छु । किनभने सवैलाई वरावरीको दृष्टिकोणले होस् भनेर नै यसलाई यस किसिमले अगाडि लिएर आऊ भनेको हुँ । त्यसैले आज यो मेरो प्रस्ताव छ कि माधवजीलाई म र हाम्रो पार्टी समर्थन गर्छौ र सवैले समर्थन गर्दिनुहोला भन्दै म विदा लिन्छु ।
(गिरिजाप्रसाद कोइरालाको २०६६ जेठ ९ गते व्यवस्थापिका संसदमा सम्बोधन गर्नुभएको अंश) यही कोइरालाको संसदको अन्तिम सम्बोधन बन्यो ।
प्रतिक्रिया