देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईजीपी नियुक्ती विवाद : डीआईजी अर्याल सर्वोच्चको निर्णय विरुद्ध सर्वोच्चमा

देशान्तर

काठमाडौं । नेपाल प्रहरीका दोस्रो वरियताका नायव महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले पनि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। सर्वोच्च अदालतले डीआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवालको मात्र कार्य मूल्यांकनको फाइल मगाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन्।

उनले आज सोमबार सर्वोच्चमा रिट दायर गर्ने अधिवक्ता सुवास लामिछानेले जानकारी दिए। डीआईजी अर्यालले आइतबार नै रिट दायर गर्ने तयारी गरेका थिए। तर सम्भव हुन नसकेको लामिछानेले बताए।

आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा परेको रिटको सुनुवाइका क्रममा सर्वोच्चले चन्द र सिलवालको मात्र फाइल मगाएको थियो। राजधानी दैनिकमा समाचाार छ ।