देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजदूत नियुक्ती यसै साता

देशान्तर

काठमाडौं । सरकारले रिक्त रहेका नेपाली दूतावासहरुमा राजदूत नियुक्तीको प्रक्रिया अघि बढाएको छ  । स्रोतका अनुसार भोलि (सोमबार) बस्ने मन्त्रीपरिषद् बैठकले १३ देशहरुमा राजदूत नियुक्तीको सिफारिस गर्नेछ । राजदूत नियुक्तीका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरु बसेर केही दिन अघि भागवन्डा टुंगाएको स्रोतले बतायो । 

प्रधानमन्त्री कार्यालय सूत्रका अनुसार १३ रिक्त स्थानहरुमा कांग्रेसकातर्फबाट ७, माओवादीका तर्फबाट ४ र मधेसी तथा राप्रपाको सिफारिसबबाट एक एक जना राजदूत बनाइनेछन् । सूत्रका अनुसार कांग्रेसले दिव्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा. जगदिशचन्द्र पोखरेल, डा. दिनेश भट्टराई र यज्ञ अधिकारीको नाम प्रारम्भिक रुपमा छनोट गरेको छ । 

यसैगरी माओवादीले पनि आफ्नोतर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेपा लगायतको नाम  नाम छनौट गरेको बताइन्छ ।  

हाल साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन । गत बैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदुतहरु नियुक्तिको सिफारिस गरेको थियो । जसमा १३ जना कर्मचारी भन्दा बाहिरका व्यक्ति थिए । परराष्ट्रका कर्मचारीहरुको नाम अनुमोदन भएपनि सरकारले राजनीतिक रुपमा सिफारिस गरिएकाहरुको सिफरिस रद्ध गरेको थियो । त्यही रद्द गरिएको स्थानमा अहिले नियुक्तीको तयारी गरिएको हो । 

 

]]>