देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको विकल्प सोच्न ओलीको देउवालाई आग्रह

देशान्तर

काठमाडौं ।  मुख्य विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यसमा पुनर्विचार गर्न आग्रह गरेका छन् । आइतबार बिहान देउवासँग टेलिफोन वार्ता गरी ओलीले निर्वाचनमा जोड दिदै निर्वाचनको मिति घोषणा गर्न दाहालले आलटाल गरेको बताएका थिए ।  

ओलीले दाहालबाट कुनै निकायको निर्वाचन हुन नसक्ने हुँदा सरकारको विकल्प सोच्न देउवालाई आग्रह  गरेको बताइएको छ ।  संविधान कार्यान्वयनका लागि कांग्रेस गम्भीर हुन नसके राष्ट्र दुर्घटनातर्फ धकेलिने ओलीको भनाई थियोे । कांग्रेस सभापति देउवाले आफूले यस विषयामा पार्टी भित्र कुरा गर्ने जवाफ दिएका थिए । यसैबीच देउवा र दाहालबीच संशोधन, स्थानीय निर्वाचनलगाइत विषयमा छलफल भएको जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ।  

एमाले अध्यक्ष ओलीसँगको टेलिफोन वार्तापछि आफूसँग भेट गर्न आएका देउवालाई दाहालले संविधान संशोधन र निर्वाचनको वातावरण सिर्जना गर्न विशेष भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। देउवाले आगामी वैशाखमा स्थानीय निर्वाचन गराउन र त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न परिमार्जनसहितको संविधान संशोधन अपरिहार्य रहेकोेमा जोड दिएका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

]]>