देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव लड्न सुरक्षित क्षेत्रको खोजीमा प्रचण्ड

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्रको खोजीमा लागेका छन् । हिंसात्मक द्वन्द्वपछि पहिलो संविधानसभाको चुनावमा रोल्पा र काठमाडौंबाट चुनाव लडेका दाहाल दोस्रो संविधानसभाको चुनावमा रोल्पाबाट चुनाव लड्ने अवस्था नभएपछि सिरहा र काठमाडौंबाट चुनाव लडेका थिए । तर दाहालले दोस्रो संविधानसभामा काठमाडौंबाट पराजित भए ।

सिरहाबाट मुस्किलले चुनाव जिते या जिताइए भन्ने विषय इतिहासको गर्भमा रहेको छ । यस्तै अबको प्रतिनिधिसभाको चुनावमा उनी सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा लागेका छन् । पहिलो संविधानसभामा चुनाव लडेको निर्वाचन क्षेत्रमा फेरि फर्कन सक्ने अवस्था नभएर काठमाडौंबाट पनि चुनाव जित्ने अवस्था नभएर र सिरहाबाट अहिले जितेको क्षेत्र पनि सुरक्षित हुने अवस्था नभएपछि दाहाल नयाँ निर्वाचन क्षेत्रको खोजीमा लागेका हुन् । 

दाहालले नयाँ निर्वाचन क्षेत्रको खोजी अभियान अन्तर्गत चितवनलाई रोज्ने संकेत देखाएका छन् । त्यसैका लागि प्रधानमन्त्री भएको मौका पारेर चितवन धाउने क्रम बाक्लिएको छ भने चितवनको विकासका लागि भन्दै ठूलो बजेटसमेत वितरण गरेका छन् । विशेषगरी आउँदो चुनावलाई ध्यानमा राखेर दाहालले चितवनका विभिन्न विकासका कार्यक्रमअन्तर्गत बजेट पठाएको बताइएको छ । उनले गत बुधबार चितवनको एक कार्यक्रममा मुलुकको प्रधानमन्त्री हुँ भन्ने समेत बिर्सेर ९८ करोड आठ लाख ९० हजार बजेटसहितको प्याकेज कार्यक्रम सार्वजनिक गरे ।

कुनै जिल्लाको विकासका लागि बजेट पठाउनु उत्तम कुरा भए पनि उनी मुलुकको प्रधानमन्त्रीसमेत हुँ भन्ने बिर्सेर माओवादीको पूर्वनेता डा.बाबुराम भट्टराईको सिको गर्दै चितवनमा उक्त रकम पठाएको बताइएको छ । बाबुरामले समेत प्रधानमन्त्री हुँदा एउटा निश्चित दिनमा आफ्नो निर्वाचन क्षेत्रमा जाने र अधिक बजेटसमेत गोरखाको आफ्नो निर्वाचन क्षेत्रमा पठाएका थिए । त्यही कारणले भट्टराईले दोस्रो संविधानसभाको चुनावमा पनि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गरेको निष्कर्षसहित प्रधानमन्त्री भएको मौका पारेर दाहालले पनि चितवन धाउन थालेको र बजेट पनि प्रधानमन्त्रीको हैसियत बिर्सेर माओवादी केन्द्रको अध्यक्ष भएको हैसियतमा पैसा छर्दै हिँडेको धेरैको बुझाइ रहेको छ । 

चितवनको विकासको आवश्यकता बुझ्नेभन्दा पनि दाहालले औद्योगिक प्रदर्शनी केन्द्र स्थापना, रंगशाला निर्माण तथा कभर्ड हल निर्माण र जिल्लाको सबै निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागि बजेट दिने घोषणा गरेका छन् । यस्ता कार्यक्रम भनेको केवल माओवादी कार्यकर्ता पोस्ने तथा चुनाव केन्द्रित कुण्डले मुण्डलेहरूको पकेटखर्चमा सकिने धेरैले अनुमान गरेका छन् । 

 

]]>