देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एयरपोर्टभित्र भेटियो सुन तस्करीको छुट्टै बाटो

देशान्तर

काठमाडौं । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ।

विमानस्थलबाट बारम्बार अवैध सुन लगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो। गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। ठूलो परिमाणमा सुन तस्करीको मन्त्रालयले सुधारका लागि छलफल सुरु गरेको छ। अबैध सुन बाहिर आएपछि भन्सार विभागले समेत अनुगमन तीव्र बनाएको छ।

अनुगमनका क्रममा यात्रुहरुको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाइएको विभागको दाबी छ । आजको कारोबार दैनिकमा समाचार छ । 

]]>