देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइतबार चुनाव मिति घोषणा गर्ने तयारी

देशान्तर

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन्। बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराएका थिए।

‘अव निर्वाचन मिति घोषणामा सरकारले ढिलाई गदैन,’ बैठकमा प्रधानमन्त्री दाहालको भनाई उदधृत गदै उनको नीजि सचिवालयले भन्यो, ‘निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’ संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ। यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग  फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका थिए । मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा वारो सत्ता साझेदार दल काग्रेसको पनि धारणा वुझन खोजेका थिए। 

प्रमुख तीन शीर्ष नेताहरूको बालुवाटार बैठक मंगलबार बिहान तय भएको थियो। राष्ट्रपतिनिवासमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटपछि प्रधानमन्त्रीले साँझ बालुवाटारमा कांग्रेस सभापति देउवासहितको बैठक बोलाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सीमाअनुसार निर्वाचनका विषयमा प्रमुख दलहरूको लिखित ध्यानाकर्षण गराएको भोलिपल्टै प्रधानमन्त्री र ओलीलाई छलफलका लागि डाकेकी थिइन्। उनले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संविधानको बाध्यकारी अवस्थाका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचनको बाटोमा अघि बढ्न सुझाएकी थिइन् ।

राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्रीले आफू ८ देखि ११ फागुनभित्रै निर्वाचनको मिति घोषणा गर्न तयार रहेको, तर एकपटक कांग्रेस सभापति देउवासँग पनि छलफल गर्नुपर्ने बताएका थिए । सोही कारण साँझ तीन शीर्ष नेताहरूको छलफल कार्यक्रम तय भएको हो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्रीसँग भएको छलफलबारे एमाले अध्यक्ष ओलीले पार्टी स्थायी समिति बैठकमा समेत ब्रिफिङ गरेका थिए। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 
‘प्रधानमन्त्रीले ८ देखि ११ फागुनसम्म निर्वाचनको मिति घोषणा गर्न तयार रहेको बताउनुभएको छ, तर कांग्रेससँग छलफल गरौँ भन्नुभएको छ,’ पार्टी बैठकमा मंगलबार बिहानको राष्ट्रपतिनिवासमा भएको छलफलबारे ओलीले भने।

]]>