देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराई र हिमाली क्षेत्रमा स्थानीय तह थप्ने सुझाव

देशान्तर

काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले तराई र हिमाली क्षेत्रमा स्थानीय तह थप्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।  समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले विहिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष सुझावसहितको प्रतिवेदन बुझाएका हुनत् ।

प्रतिवेदनमा स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको अधिकतम सङ्ख्या सात सय ४४ नबढ्ने गरी तराई र हिमाली क्षेत्रमा स्थानीय तहका सङ्ख्या केही थप गर्न सुझाइएको छ ।  त्यस्तै २ नं प्रदेशका सांसदसँग गरिएको छफलफलका क्रममा आएका सुझाव र पुनःसंरचनाका बारेमा विभिन्न जिल्लामा देखिएको असन्तुष्टिलाई हल गर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको मन्त्री पाण्डेले बताए  । जिल्लास्थित पुनःसंरचना प्राविधिक समितिले जिल्लामा क्रियाशील राजनीतिक दलको सहमतिका आधारमा पठाएको खाका, स्थानीय तहको नामाङ्कन र सीमाङ्कनलगायत विषयलाई अधिकतम सम्बोधन हुने गरी सुझाव दिइएको उनको भनाइ छ ।

समितिले २ नं प्रदेशका सांसदसँगको छलफलमा प्रत्येक जिल्लाका सांसदमध्येबाट एक एक जनालाई संयोजक तोकेर जिल्लाको पुनःसंरचनाको खाकाबारे विकल्पसहितको सुझाव दिन आग्रह गरेको थियो । त्यसअघि समितिले प्रमुख दलका शीर्ष नेता, मधेसी मोर्चाका नेतालगायतसँग छलफल गरेको थियो ।  

गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव दिन स्थानीय विकासमन्त्रीको संयोजकत्वमा उद्योगमन्त्री र आपूर्तिमन्त्री सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदनबारे प्राप्त गुनासाको अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको थियो ।  

]]>