देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनिश्चित बन्यो स्ववियु चुनाव

देशान्तर

काठमाडौं । यही फागुन १४ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चार दिन पर सरेको छ । विद्यार्थी संगठनहरुबीच विवाद उत्पन्न भएपछि त्रिभुवन विश्वबिद्यालयले उनीहरुकै सहमतिमा फागुन १८ गतेका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।  उमेरहद र प्रत्यक्ष निर्वाचन प्रणालीको माग गर्दै बिभिन्न क्याम्पसमा भएका तालाबन्दी खुलेको तथा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनको माग बमोजिम केहि निर्वाचनको मिति केहि पर सारेकाले निर्वाचन हुनेमा विद्यार्थी नेताहरु आशावादी देखिएका छन् । 

पछिल्लो पटक फागुन १८ गतेका लागि तय भएको निर्वाचनको कार्यतालिका समेत विश्वविद्यालयले सार्वजानिक गरिसकेको छ । त्रिवि कार्यकारी परिषदको शुक्रवार बसेको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ गते निर्धारण गरिएको निर्वाचन पााच दिन सरेपछि नयाा कार्यतालिका बनाउनुपरेको हो ।

नयाा कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।
फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

१५ गते नै दिउासो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाई नै तय गर्न छुट दिएको छ ।

अब स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन रोकिए त्यसको दोष भनेको क्याम्पस प्रमुखहरुलाई जाने समेत बिद्यार्थीहरुले बताउने गरेका छन् । विश्वविद्याय, विद्यार्थी संगठन र सरकार सवै निर्वाचनका लागि तयार भएको अवस्थामा समेत राजीनामाको धम्की दिएर निर्वाचन गराउने नसक्ने भन्ने क्याम्पस प्रमुखहरुको नियतका कारण मात्र निर्वाचन नहुने जानकारहरुले बताउन थालेका छन् । 

त्रिविले गरेको एउटा छलफलमा उपत्यकाका अधिकांश क्याम्पस प्रमुखहरुले आफुहरु क्याम्पस प्रमुख र जागिरबाट राजीनामा गर्न तयार भएको तर स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव गराउन नसक्ने बताएका थिए । अहिले पनि ती क्याम्पस प्रमुखहरु स्वतन्त्र बिद्यार्थी युनियनको चुनावको पक्षमा नभएको बिद्यार्थीहरुको बुझाई रहेको छ । यो भन्दा अगाडि त ती क्याम्पस प्रमुखहरुले विद्यार्थी संगठनले गरेको तालाबन्दीको बहाना गर्दै निर्वाचन गराउन नसक्ने बताएका थिए । तर अब तालाबन्दी समेत खुलेर निर्वाचनकमा जानका लागि सवै बिद्यार्थी संगठन तयार भएको अवस्थामा क्यम्पस प्रमुखहरुसंग थप बाहना पनि नहुने धेरैको बुुझाई छ । 

]]>