देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गल्ती सुधार गर्न महासंघको नेतृत्व तयार

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वले एकलौटी ढंगबाट राजनीतिक दलका कार्यकर्ता तथा  विभिन्न पेसा व्यवसायमा संलग्नहरूलाई सदस्यता वितरण गरेपछि चुलिएको विवाद नेतृत्वले गल्ती स्वीकार गर्दै सच्याउने सहमति गरेपछि साम्य भएको छ । महासंघको मूल नेतृत्वले सदस्यता वितरणमा मनपरी हुदा पनि त्यसलाई समर्थन गरेपछि नेपाल प्रेस युनियन महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नसमेत बाध्य भयो । 

तालाबन्दी पछि अध्यक्ष महेन्द्र विष्ट गल्ती स्वीकार्दै त्यसलाई सच्याउने गरी युनियनसँग दुई बुँदे सहमति गरेका छन् । उक्त सहमतिसँगै सोमबार लगाएको ताला शुक्रबार खोलिएको थियो । महासंघको नेतृत्वले आफ्नो गल्ती स्वीकार गर्दै सदस्यासम्बन्धी विवाद देखिएका जिल्लाको सदस्यता विवाद टुंगो लगाएरमात्रै ती जिल्लाहरूको जिल्ला अधिवेशनको प्रक्रियासमेत सुचारु गर्न तयार भएको छ । 

विभिन्न जिल्लामा अनियमित ढंगले वितरण गरिएको सदस्यताको विषयमा छानबिन गर्नुपर्ने नेपाल प्रेस युनियनको मागलाई बेवास्ता गर्दै पत्रकार महासंघको उच्च नेतृत्वले जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाउन थालेपछि नेपाल प्रेस युनियन तालाबन्दी गर्न बाध्य भएको युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बताए । उनका अनुसार पटकपटक युनियनले सदस्य विवाद टुंगो लगाउनुपर्ने माग उठाउँदै आए पनि सदस्यताको विवाद समाधान नगरी पश्चिमाञ्चलका जिल्लाहरूको जिल्ला अधिवेशन थालेपछि युनियन तालाबन्दी गर्न बाध्य भएको हो । 

विधि, विधान र प्रक्रियाविपरीत पत्रकार महासंघले मनोमानी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै प्रेस युनियनले गत फागुन २ गते पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको युनियनले जनाएको थियो । आचार्यका अनुसार नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यतासम्बन्धी समस्याहरू महासंघको सचिवालयले सहमतिका आधारमा टुंगो लगाउने सहमति पनि महासंघ र युनियनबीच भएको छ ।

 यस्तै शाखा र एसोसिएट संस्थाहरूमा पनि महासंघ सचिवालयले उपयुक्त विधि र प्रक्रियाबाट हल गरेरै शाखा अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ । पूर्वाञ्चल क्षेत्रमा शनिबारका लागि तोकिएको जिल्ला अधिवेशन पाँचथर र सप्तरी शाखामा तत्काललाई स्थगित गरिएको छ ।

 

]]>