देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिपी राजमार्ग भासिदा सिन्धुली–बर्दिबास सवारी अवरुद्ध

देशान्तर

सिन्धुली । सिन्धुली–बर्दिबास सडक अन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार राति एक्कासी पहिरोले सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने गाडी बिच बाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बरालका अनुसार करिब २० देखि ३० फिट सडक भासिएको छ।भासिएको सडक मुनि सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन केही समस्या देखिएको छ।

सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीसहित सिन्धुली–बर्दिबासभएर पूर्व जाने यात्रुलाई समस्या भएको छ । जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको हो।

]]>