देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन सुरक्षा रणनीति बनाउन गृह मन्त्रालय सुरक्षा बैठक

देशान्तर

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन मिति तोके लगत्तै गृह मन्त्रालय निर्वाचन सुरक्षाको रणनीति बनाउन जुटेको छ। बैशाख ३१ गते तोकिएको निर्वाचनका लागि र मधेसी मोर्चाको आन्दोलनका लागि तत्काल सुरक्षा तयारीका लागी गृह सुरक्षा रणनीति बनाउन जुटेको हो।  

निर्वाचन विशेष सुरक्षा योजना बनाउन गृहमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग गृहका अधिकारी छलफल भइरहेको छ । गृह प्रवक्ता बालकृष्ण पन्थीले सुरक्षाको अवस्थाको विश्लेषण र तयारीका लागी तीनवटै सुरक्षाा निकायका प्रमुखसँग छलफल गरी रणनीति बनाउन बैठक राखिएको बताए।

उनले निर्वाचन सुरक्षाका बारेमा छलफल भइरहेको र बैठकमा भएका छलफलका आधारमा निर्वाचन केन्द्रित सुरक्षा योजना अगाडी बढ्ने बताए । बैठकमा निर्वाचन जनशक्ति र सुरक्षा प्रवन्ध, अहिलेको अवस्था, सम्भावित चुनौती, मधेस आन्दोलनबारे विश्लेषण र तयारीबारे छलफल भइरहेको छ। 

]]>