देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदस्यता विवादका कारण नेपाल पत्रकार महासंघमा आमरण अनसन

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै दुईजना पत्रकारले महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् ।  नेपाल पत्रकार महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले  बुधबार विहानदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन सुरु गरेका हुन् ।

 पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको र सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेको बताए ।  उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।  

विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ ।  लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।

]]>