देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक परिषदको बैठक बस्दै, निर्वाचन अयोगलाई पुर्णता दिने बिषयमा छलफल

देशान्तर

काठमाडौं । निर्वाचन आयोगमा तीनजना नयाँ आयुक्तहरु नियुक्त गर्ने विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो २ बजेका लागि परिषदको बैठक बोलाएका छन् ।

निर्वाचन आयोगका आयुक्तहरु नियुक्तिको विषय बैठकको प्रमुख एजेण्डा रहेको बताइएको छ । संविधानमा निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित ५ जना आयुक्तहरु रहने उल्लेख छ ।

तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र आयुक्त ईला शर्मामात्रै छन् । मन्त्रिपरिषद कार्यालयले काटेको पत्रमा निर्वाचन आयोगका आयुक्तहरु नियुक्त गर्नुपर्ने भएकाले बैठक राखिएको बताइएको छ ।

सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेका बेलामा  संवैधानिक  परिषदको बैठकले निर्वाचन आयोगलाई पुर्णता दिने तयारी थालेको हो ।  मधेसी मोर्चासँग सहमति गरेर निर्वाचन मिति घोषणा गर्ने र निर्वाचन कानुन संसदबाट पारित गर्ने सत्तारुढ दलहरुबीच यसअघि सहमति भएको थियो ।

]]>