देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्त पुरा गर्ने सहमतिपछि चिनिया जहाज आउदै

देशान्तर

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ल्याउन बाँकी चारवटा चिनियाँ जहाज ल्याउने निश्चित भएको छ । यसअघि सञ्चालन नोक्सानीमा गएको भन्दै सर्वत्र आलोचना भएको थियो । तर निगमले राखेको मर्मत सम्भार सम्बन्धी सर्त पूरा चिनिया कम्पनी राजी भएपछि निगमले बाँकी चारवटा जहाज ल्याउन लागेको हो । 
अनुदानमा दिएका दुईवटा जहाज ल्याइसकेको निगमले सहुलियत ऋणमा उपलब्ध गराइने बाँकी चारवटा जहाज ल्याउन आनाकानी गर्दै आएको थियो । तर चिनियाँ पक्षले घाटा नहुने ग्यारेन्टी गरेपछि बाँकी जहाज पनि ल्याउन लागिएको जानकारी निगम स्रोतले दिएको छ । हाल तीनवटा जहाजबाट मात्र आन्तरिक उडान गरिरहेको निगमले बाँकी चारवटा चिनियाँ जहाज ल्याएर २० वटा आन्तरिक गन्तव्यमा उडान भर्ने  योजना बनाएको छ ।  

युरोपियन र अमेरिकन कम्पनीका जहाजभन्दा करिब आधा जति सस्तो मूल्य पर्ने चिनियाँ जहाज मर्मत सम्भारमा बढी खर्च लाग्छ । त्यसैले यसअघि ल्याएको जहाजबाटै निगमल संचालन नोक्सानी बेहोर्दै आएको थियो । यसै सन्दर्भमा निगमले अघि सारेका सर्त पूरा गर्न चिनियाँ पक्ष तयार भएपछि जहाज ल्याएर सञ्चालन गर्न निगमकै हितमा हुने निगमका एक उच्च अधिकारीले जानकारी दिए । यसअघि एमए ६० र वाई १२ जहाज ल्याएको निगमले ती जहाजले तोकिएको भारवाहन क्षमता पूरा नगरेको र मर्मत सम्भारमा बढी खर्च हुने गरेको बताइएको  थियो ।

तर जहाज निर्माता कम्पनीले बिमा शुल्क, पाइलट प्रशिक्षक शुल्क तथा पार्टपुर्जा आपूर्तिमा सहुलियत दिने प्रतिबद्धता जनाएपछि निगमले यो कदम चालेको निगमको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

 

]]>