देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको आग्रहमा संसद् बैठक २४ गतेसम्मलाई स्थगित

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद्को आज अपराह्न १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । 

सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गर्नुपरेको जनाउँदै अर्को बैठक यही पुस २४ गते दिनको १ बजे बस्ने जानकारी दिइएको छ । बैठक स्थगन गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलले यही पुस २४ गतेसम्मका लागि समय मागेपछि संसद् बैठक स्थगन गरिएको बुझिएको छ । मधेसकेन्द्रित दलले उठाएको माग सम्बोधन गर्न सरकारले गत मङ्सिर १४ गते संसद्मा संविधान सशोधनसम्बन्धी प्रस्ताव दर्ता गराएसँगै विपक्षी दलहरुले त्यसको विरोधमा निरन्तर संसद् अवरोध गर्दै आएका छन् । 

संविधान संशोधन लगायत विषयमा सर्वोच्च अदालतबाट फैसला आएपछि प्रतिपक्ष दलले आगामी मार्ग तय गर्ने गरेको अनुरोधअनुसार बैठक केही दिन पछि धकेलिएको बताइएको छ । 

]]>