देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्दननाथबाट चोरिएका मूर्ति फेला

देशान्तर

जुम्ला । गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन् । 

आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा ती सामग्री भेटाएको हो । भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति भेटिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए । 

त्यसैगरी दाहिने शङ्ख एक र बायाँ शङ्ख एक तथा तीन रुद्राक्ष पनि भेटिएको बताइएको छ । “हामीले सुराक पाएअनुसार सदरमुकामबाट बिहान डेढ घन्टाको पैदलपछि ८ः०० बजे मात्र मूर्ति नियन्त्रणमा लिएका हौँ”, उनले भने । भेटिएका मूर्ति खोलाको किनारमा फालिएको अवस्थामा रहेको उनको भनाइ छ । 

प्रजिअ रुद्रप्रसाद पण्डितले भेटिएका मूर्तिबाटै त्यसमा संलग्न हुनेलाई अनुसन्धान गर्न सहज हुने बताए । अहिले त्यस क्षेत्रमा सुरक्षा अवस्था बढाएर व्यापक खोजी भइरहेको छ । 

]]>