देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

देशान्तर

म्याग्दी । म्याग्दीमा सामाजिक स्वास्थ्य सुरक्षा, स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ ।  सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सदस्यता दर्ता गर्न थालेको हो । एक नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा स्वास्थ्य बिमाका लागि जिल्ला अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा कार्यक्रम लागू गरिएको छ । स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी तालिम दिएकाले अब घरघरमा दर्ता सहयोगी पठाइने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार २ हजार पाँचसय र ५ जनाभन्दा बढी भए प्रतिसदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने छ । सरकारले आर्थिक वर्ष २०७०र÷१ बाट पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

]]>