देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरी कांग्रेसको सभापतिमा महेन्द्र कुमार राय विजयी

देशान्तर

बर्दिवास । नेपाली कांग्रेस महोत्तरीको सभापतिमा ५ सय १ मत ल्याएर ल्याएर महेन्द्र कुमार राय विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा नागेश्वरप्रसाद यादवलाई पराजित गर्दै सभापतिमा महेन्द्र कुमार प्यानलसहित विजयी भएका हुन्। सभापतिमा महेन्द्र कुमार रायले ५ सय १ मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिद्वन्दि नागेश्वर यादवले ३ सय ६१ मत प्राप्त गरेका छन्।

सचिवमा महेन्द्र प्यानलकै शम्भुनारायण पाठकले ३ सय ८९ मत प्राप्त गरी विजयी भएका छन्। उनको प्रतिद्वन्दी मनोज चौधरीले २ सय ७३ मत प्राप्त गरेका थिए। सचिवमा स्वतन्त्र उम्मेदवार रहेका लवराजा सिंहले १ सय ३७ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा महेन्द्रकै प्यानलका किशोर कुमार प्रियतमले ४ सय ४५ मत ल्याएर विजयी भए। उनको प्रतिद्वन्दी विनेद कुमार यादवले २ सय ९२ मत प्राप्त गरे।

शेरबहादुर देउवा पक्षका महेन्द्र कुमार यादवको प्रतिश्पर्धी रामचन्द्र पौडेल पक्षका नागेश्वर यादव थिए। जिल्ला निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलका अनुसार मंगलबार सम्पन्न भएको मतदानमा ९ सय ३१ मतदातामध्ये ८ सय ८४ जनाले मतदान गरेका छन्। मतगणना कार्य राति १० बजेदेखि शुरु भई बिहान ३ बजे मत परिणाम घोषणा गरिएको उनले बताए।

]]>