देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेखा र महाभियोग समितिमा सभापति चुनावी कार्यतालिका आज

देशान्तर

काठमाडौं । संसदका दुईवटा सर्वशक्तीमान समितिका सभापति चयनका लागि बुधवार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजानिक हुँदैछ । पाँच महिनादेखि सभपाति विहिन बनेको सार्वजानिक लेखा समिति र गत कात्तिक ३ गते बनेको महाअधियोग सिफारिस समितिको सभापतिका लागि बुधवार आउदैछ ।

सभापतिबिहीन भएको पाँच महिनापछि संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढ्न लागेको हो । सार्वजनिक अनियमितता, सरकारी निकाय र संगठित संस्थाको लेखा समेत हेर्ने क्षेत्रधिकार पाएको पावरफुल समिति पाँच महिनादेखि नेतृत्वविहीन छ । मंगलवार समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा समितिको बैठक बसेसँगै सभामुख ओनसरी घर्तीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् । सभामुखको निर्देशनअनुसार सचिवालयले बुधवार लेखा र महाभियोग सिफारिस समिति सभापति चयनको कार्यतालिका सार्वजनिक गर्दैछ ।

अहिले यी दुवै समिति संसदका सर्वशक्तीमान समितिका रुपमा लिने गरिएको छ । लेखा समिति संसदको सधै सर्वशक्तीमान समिति हो भने महाअभियोग समिति पनि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा महाअभियाग प्रस्ताव संसदमा बिचाराधीन रहेको अवस्थामा महाअभियोग सिफारिस समितिलाई पनि सर्व शक्तीमान समितिका रुपमा हर्ने गरिएको छ । तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री चयन भए पनि गत साउन २८ गतेदेखि लेखा समिति सभापतिविहीन छ। संसदको कार्यसञ्चालन नियमावली अनुसार ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु भएको बढीमा एक महिनामा स्थायी सभापति चयन भइसक्नुपर्नेछ ।

सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन मुख्य क्षेत्रधिकार रहेको समितिमा प्रतिपक्ष दलको स्वत दावी लाग्ने परम्परा छ । यसअघि तत्कालीन सभापति शर्मा पनि प्रतिपक्ष दलका तर्फवाट सभापति भएका थिए । अन्य समितिमा सभापतिको दलीय भागबण्डा नमिलेको अवस्थामा शर्मा प्रतिपक्षको तर्फवाट सभापति भएका थिए । तर, शर्मा अघि लेखा समिति सभापति रहेका कांग्रेसका रामकृष्ण यादवले पार्टी सरकारमा सामेल हुँदा पनि सभापति पद भने छाडेका थिएनन् । एमालेको स्वत दावी भए पनि माओवादीको पनि सभापतिमा चासो छ । माओवादीले अघिल्ला सभापति यादवको नजीर देखाएर सभापतिमा चासो देखाउँदै आएको छ । सभापतिमा दलहरुवीच सहमति नभए पनि लामो समयसम्म समिति नेतृत्वविहीन भयो ।

संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगको चर्चासँगै गत कात्तिक ३ गते महाभियोग सिफारिस समिति बनेको थियो । तर, समितिको चर्चा जति भयो समितिले कार्यसूची नै पाएन । कार्यसूचीमात्र हैन अढाई महिनासम्म सभापति समेत पाएको छैन् । ११ सदस्यीय समितिको सभापति कसले पाउने भन्नेमा विवाद नै छ ।

संसद्ले गठन गर्नुपर्ने संविधान कार्यान्वयन अनुगमन तथा निर्देशन, आचरण अनुगमन समिति छन् । यस्तै, लेखा र महाभियोग गरी चार सभापति खाली छन् । यी समितिको भागबण्डामा दलीय सहमति नहुँदा सभापति चयन रोकिएको हो । गुडविल समिति गठनवारे पनि सभामुखले दलहरुसँग परामर्श गरेकी छन् । विदेशी पाहुनालाइ स्वागत सत्कार लगायत कार्यक्षेत्र तोकी उक्त समिति गठनको तयारी छ । सभामुख घर्तीले दशैं अगाडी नै चारै समितिको सभापति चयन र समिति गठनबारे परामर्श गरे पनि निश्कर्ष निस्कन सकेको थिएन । सचिवालयको चुनावी कार्यतालिका पछि भने दलहरुवीचमा नयाँ सहमतिको आशा सभामुखले लिएकी छन् ।

]]>