देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख घर्ती र प्रधानमन्त्री दाहालवीच भेटवार्ता

देशान्तर

काठमाडौं । सभामुख ओनसरी घर्तीले बुधबार बिहानै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेकी छिन् । बिहान साढे ७ बजेतिरै प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सभामुखले पुस २४ गतेसम्म संसद स्थगित भएको समयमा दलहरुवीच सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् । सभामुख ओनसरी घर्तीले अन्य दलका प्रमुख नेताहरुलाई मंगलबार नै भेट गरिसकेकी थिइन् ।

प्रधानमन्त्री पूर्वी नेपालको भ्रमणमा गएका कारण सभामुखले भेट्न नपाएकाले बुधबार बिहान भेट गरेको सभामुखको सचिवालयले जनाएको छ । एमाले अध्यक्ष केपी ओलीसँग सभामुखको भेट हिजो नयाँ बानेश्वरमा भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलसँग सभामुखको कुराकानी भएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई घर्तीले मंगलबार टेलिफोन गरेर पुस २४ सम्म सहमति खोज्न आग्रह गरेको बताइएको छ । वलुवाटारमा बुधबार बिहान भएको भेटमा सभामुख घर्तीले प्रधानमन्त्री दाहाललाई सरकारको नेतृत्वकर्ताको हैसियतले दलहरुवीच सम्वाद गरी सहमति खोज्न आग्रह गरिन् ।

सभामुखको आग्रहपछि प्रधाानमन्त्री दाहालले आजैदेखि सहमति खोज्न लागिपर्ने बताएका थिए । सभामुखले सहमति जुटाउन विभिन्न दलका नेताहरुसँग गरिरहेको छलफल र प्रयासलाई सकारात्मक भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए । अब अर्को बैठक पुस २४ गते बोलाइएको छ ।

]]>