देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय निर्वाचन भएपछि मुलुकले गति लिन्छ– महामन्त्री कोइराला

देशान्तर

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरेका छन् । 

प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा तहगत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा निर्वाचन गराउनु उपयुक्त हुने आफ्नो व्यक्तिगत सुझाव रहेको स्पष्ट पारे । 

एउटा निर्वाचन भएपछि मुलुकले गति लिने उल्लेख गर्दै उनले त्यसपछि सीमाङ्कनको विवादलाई समाधान गरी प्रदेश र संसदीय निर्वाचन गराउनुपर्ने विषयमा जोड दिए । 

मुलुक सङ्कटग्रस्त अवस्थामै रहेको चर्चा गर्दै उनले संविधानलाई कार्यान्वयनका लागि पहिले स्थानीय निकायको निर्वाचन र त्यसपछि मधेसी मोर्चासहित सवै दल एकजुट भएर सीमाङ्कनको समस्या समाधान गरी प्रदेशको निर्वाचन गराउनुपर्ने धारणा प्रकट गरे । 

उनले नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले मियो बनेर सवै दलहरुबीच समझदारी कायम गर्न अग्रसर हुनुपर्ने र मुलुकलाई सुरक्षित रुपमा अवतरण गराउनुपर्ने विषयमा जोड दिए।

]]>