देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली पदमुक्त

देशान्तर

काठमाडौ । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले बताए । 

भूकम्पपछिको पुनःनिर्माणका काम द्रुत गतिमा सम्पादन गर्न नसकेको भन्दै सरकारले ज्ञवालीलाई गतसाता स्पष्टीकरण सोधेको थियो । 

उनले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदमुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै मन्त्रिपरिषद्का ती सदस्यले ‘ज्ञवालीजीलाई पदमुक्त गर्ने सम्बन्धमा केही प्रक्रिया बाँकी रहेकाले साँझसम्ममा निर्णय सार्वजनिक हुने’ बताए । 

सरकारबाट आफूलाई पदमुक्त गरेको पत्र प्राप्त हुनेबित्तिकै कानुनी उपचारको बाटो खोज्ने तयारीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिएका छन् । 

]]>