देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस आफ्नो दायित्वबाट पन्छिदैनः देउवा

देशान्तर

तनहुँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताएका छन् । 

आजदेखि दमौलीमा सुरु गरिएको ‘छैटौं तनहुँ महोत्सव’को उद्घाटन गर्न आएका सभापति देउवाको सम्मानमा नेपाली काँग्रेस तनहुँद्वारा आयोजित स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

राष्ट्रिय सभाका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सभापति देउवाले गाउँको चुनावमा सबैभन्दा बढी जितेको अवस्थामा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन सकिने उनले बताए । 

उनले गाउँ गाउँमा सक्रिय रुपमा एकढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 

प्रजातन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि काँगे्रस एकताबद्ध भएर लागेको भन्दै उनले भने– “नेपाली काँग्रेस पार्टी ठूलो पार्टी भएकाले पनि आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । 

]]>