देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशील कोइराला मेमोरियल फाउन्डेसन स्थापना

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा फाउन्डेसनको स्थापना गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको अध्यक्षतामा सुशील कोइरालाको स्मृतिमा फाउन्डेसन शुभारम्भ गरिएको हो । फाउन्डेसनको एक विशेष समारोहको बीच नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा शुभारम्भ गरेका छन् । पूर्वसभापति कोइरालाले सरल जीवन शैली, त्यागी र नैतिकवान् नेताको छवि बनाएका थिए ।

कोइरालाको नेतृत्वमा मुलुकका संविधानसभामार्फत मुलुकले नयाँ संविधानसमेत पाएका कारण सुशील कोइराला एक उदाहरणीय व्यक्तित्व रुपमा परिचय बनाएका छन्् । कोइराला  कांग्रेसको सभापति बनेपछि पहिलो संविधानसभामा नेपाली कांग्रेसले गुमाएको वर्चस्व फेरि फिर्ता गर्न सफल भएको थियो ।

स्वर्गीय कोइराला लाई संविधानका पिता भनेर पनि सम्मान गरिन्छ र उहाँको भौतिक शरीर हाम्रो अगाडि नभए पनि नेपाली जनताले संविधानको पिता, लोकप्रिय, नैतिकवान्, त्यागी र सरल जीवनशैली भएको नेता भनेर सधैं सम्झिरहनेछन् । कोइरालाको सादगी जीवन तथा कोइरालाको नेतृत्वदायी भूमिकाका बारेमा भावी पुस्तालाई समेत कोइरालाको सादगी जीवनका बारेमा समेत सम्झनालाई ताजा बनाउनका लागि फाउन्डेशनले काम गर्ने फाउन्डेसनका अध्यक्ष एवम् कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले जानकारी दिए । उनले सुशील कोइरालाले देश र लोकतन्त्रप्रति पुर्‍याएको र उनको सम्मान तथा विचारलाई जुगौंजुगसम्मका लागि जीवित राख्नका लागि यो फाउन्डेसन स्थापना गरिएको बताए । 

फाउन्डेसनको शुभारम्भ कार्यक्रममा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाको ठूलो योगदान रहेको बताए । उनले कोइरालाको आदर्श र जीवनशैलीलाई भावी पुस्तालाई जानकारी दिनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली राजनीतिमा सुशील कोइराला सरलता र नैतिकताको प्रतीक भएको बताए ।  वरिष्ठ नेता पौडेलले सुशील कोइरालाले आफू अपमानित भएर भए पनि लोकतन्त्र र संविधानका लागि त्याग गरेका कारणमात्र अहिले संविधान सम्भव भएको बताए । कार्यक्रममा कोइरालासँग निकट रहेका काम गरेका विभिन्न व्यक्तित्वले उनको जीवनका बारेमा प्रष्ट पारेका थिए । 

 

]]>