देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामुदायिक रेडियोमा संयुक्त प्यानलको बहुमत

देशान्तर

काठमाडौं । नेपालका सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघको नेपाल (अकोराब)को छैटौं राष्ट्रिय अधिवेशनबाट नेपाल प्रेस युनियनको अगुवाईमा बनेको व्यवसायिक प्यानलले बरिष्ठ उपाध्यक्ष सहित बहुमत हात पारेको छ । पत्रकारितालाई सामुदायिक हक हितलाई ध्यानमा राखि साझा र व्यवसायिक ढंगले अगाडि बढाउने सहमतिका साथ किशोर थापाको नेतृत्वमा लडेको व्यवसायिक पत्रकारहरुको समूह केही प्राविधिक कारणले अध्यक्षमा विजयी हुन सफल नभएपनि बरिष्ठ उपाध्यक्ष लगायत महत्वपूर्ण स्थानमा विजयी भएका छन् ।

चुनावमा प्रेस युनियन (नेपाली कांग्रेस),  प्रेस सेन्टर (नेकपा माओवादी केन्द्र), राप्रपा र मधेसवादीको व्यवसायिक समहू थियो भने प्रेस चौतारी (एमाले) तथा नयाँ शक्ति सहितका बामपन्थीहरुको अर्को समूह थियो । व्यवसायिक समूहका किशोर थापालाई १० मतले पछाडि पारेर चौतारी समर्थित सुवास खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्ष निर्वाचति अर्जुन गिरी सामसदायिक रेडियो प्रसारक संघमा प्रारम्भदेखि नै सक्रिय पत्रकार हुन् । यसअघि उनले संघको सचिव पदको जिम्मेदारी कुलताको साथ निर्वाह गरिसकेका छन् । उनका पिताजीलाई कथित जनयुद्धको क्रममा हत्या गरेका थिए । प्रेस युनियनसग निकटस्थ व्यक्तिहरुको बर्चस्व रहेपनि केही व्यक्तिले असहयोग गरेका कारण युनियनसित सम्बन्धीत सक्रिय संगठनका लागि उपयोगी र सक्षम व्यक्तिहरु निर्वाचित हुन सकेनन् । 

संयुक्त प्यानलका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका किशोरजंग थापालाई गठबन्धनमा रहेका मधेशी दलहरु र केहि व्यवस्थापन मिलाउन नसक्दा थोरै मतले पराजीत भए । तर, वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला)मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस)मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई व्यवसायिक प्यानलबाट विजय भएका छन् । संघको महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन् । संयुक्त प्यानलमा बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, मधेशी उपाध्यक्ष, महसचिव, कोषाध्यक्ष संयुक्त प्यानलले जितेको छ । 

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक छन्  । 

त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमश: बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भएका छन् । प्रदेश अध्यक्ष संघको  कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । २१ सदस्यीय कार्यसमितिमा नेपाल प्रेस युनियनको अगुवाईमा बनेको संयुक्त प्यानलले १२ जना सहित बहुमत प्राप्त गरेको छ । 

नेपाल प्रेस युनियनले संगठनको सदस्य भएका तर सामुदायिक रेडियो प्रसारक संघ छैटो महाधिवेशनमा मतदान गर्न नआउनेहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । प्रेस युनियन आवद्ध रेडियोका प्रतिनीधिहरु राजधानी आएर मतदान गर्न मतदान स्थल नजाने तथा महाधिवेशनमा नै सहभगि नहुनेहरुलाई युनियनले कारवाही प्रक्रिया थालेको बताइएको छ । 

 

]]>