देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षीको नाराबाजीबीच सदनमा संविधानको दोस्रो संशोधन प्रस्ताव प्रस्तुत

देशान्तर

काठमाडौं । सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्तुत गरेको छ ।

नेकपा (एमाले)लगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गरेका हुन् ।

त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताए । यसैगरी सांसद केसीले पनि विरोधको सूचना फिर्ता नमान्नुभएपछि बैठकले उनीहरुको प्रस्तावलार्य बहुमतले अस्वीकृत गरेको हो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २५ गते सोमबार दिउँसो एक बजे बस्नेछ ।

]]>