देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री र ओलीको भेटेपछि एमालेको सांकेतिक बिरोध

देशान्तर

काठमाडौं । एक दिन अघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसदमा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ । आइतवार संसद भवनमा नै बसेको शीर्ष नेताहरुको बैठकमा समेत आफ्नो अडानमा टसकस नभएका एमाले अध्यक्ष केपी ओली एक घण्टा प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटेपछि भने लत्रिएका छन् ।

पाँच दलका शीर्ष नेताहरुको बैठककको केही समयपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बैठकस्थलबाट जुरूक्क उठेर एक घन्टाभन्दा बढी गोप्य मन्त्रणामा ब्यस्त भए । गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेसहित ९ दलले सांकेतिक विरोध गर्ने सहमति दाहालसंग भए अनुरुप एमाले लत्रिएको बताइएको छ ।

आइतवार संसदमा संविधान संसोधन बिद्येयक टेबुल भएपछि आफूहरुले तपाईंहरुले जस्तो सांघातिक आक्रमण नगर्ने तर शालिन विरोध गर्ने बचन प्रधानमन्त्रीलाई दिएको एमाले उपाध्यक्ष बामदेव गौतमले पत्रकारहरुलाई सुनाएका थिए । गोप्य मन्त्रणापछि बाहिर आएर प्रधानमन्त्रीले ओलीको उपस्थितिमै सभामुख घर्तीलाई प्रमुख प्रतिपक्षी दलको असहमति रहे पनि संसद सञ्चालन गर्नुहोस् भन्ने निर्देशनको सांकेतिक आग्रहपछि उनीहरू मिलेको अड्कलबाजी गरिन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ ।

]]>