देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघ १७ सम्ममा दल दर्ता गर्न आयोगको अनुरोध

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा माघ १७ गतेसम्म राजनीतिक दल दर्ताका लागि अनुरोध गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालको संविधानले व्यवस्था गरेअनुसार अब राजनीतिक दलहरूले स्थानीय तह, प्रदेशसभा र सङ्घका लागि अलग–अलगरूपमा राजनीतिक दल दर्ता गर्नुपर्ने हुन्छ । प्रमुख आयुक्त यादवले भने , ‘पहिले यस्तो व्यवस्था थिएन, अहिले संविधानले तीन तहको निर्वाचनको व्यवस्था गरेको छ, अब स्थानीय तह, प्रदेशसभा र सङ्घका लागि दलहरूले दर्ता गर्नुपर्छ, यो निर्वाचन व्यवस्थापनका लागि हो ।’  

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, दलहरूले जिल्लामा क्रियाशील रहेका दलहरूले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराउनुपर्ने छ । आजको गोरखापत्रमा समाचार छ । 

]]>