देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विमानस्थलमा ११ करोडको एक्सरे मेसिन

देशान्तर

काठमाडौं । त्रिभुवन विमानस्थलमा हाल चालु रहेको एक्स रे मेसिनले ‘होल बडी’ एक्सरे नहुने भएकाले चोर र तस्करहरुलाई सजिलो भइरहेको सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् । यसको समाधानका लागि अब ११ करोडको अत्याभुनिक मेसिन जडान हुने भएको छ । अहिले चालु रहेको मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामान समेत पत्ता लगाउन समस्या हुने भएकाले पछिल्लो समय तस्करीमा यो प्रविधि प्रयोग गर्न थालिएको जानकारी दिइएको थियो ।

यसैसाता सुन तस्करहरुले पनि एक्स रे मेसिनलाई झुक्याउनका लागि सुनलाई कालो टेप र कार्बनमा बेरेर विमानस्थलमा ल्याएका थिए । भन्सार विभाग प्रमुख शिशिर ढुंगानाले अन्तरराष्ट्रिय विमानस्थलमा अब ११ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ एक्स रे मेशिन जडान गर्ने तयारी भइरहेको बताएका छन् ।

यो मेसिनले मानिसको ‘होल बडी’ चेक गर्न सकिने आन्तरिक रुपमा लुकाइएका चिजसमेत एक्सरे गर्ने जानकारी ढुंगानाले दिए । अहिले एक्सरे सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति कम रहेकाले पनि कर्मचारीलाई लामो अवधिसम्म सरुवा नगरी त्यही जिम्मेवारी दिनुपरिरहेको समेत ढुंगानाले उल्लेख गरे ।

]]>