देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिदाइ भाषणमा भावुक हुँदै रोए ओबामा

देशान्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आठ वर्षअघि आफूले सत्ता सम्हाल्दाभन्दा अमेरिका हरेक हिसाबले राम्रो र सुरक्षित भएको जिकीर गरेका छन् । उनले अमेरिकी मुस्लिमविरुद्धको भेदभाद अन्त्य गरिएको दावी पनि गरे । 

राष्ट्रपतिका रुपमा शिकागोमा बिदाई भाषण दिंदै ओबामाले जातीय भेदभाव अन्त्यका लागि अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए ।

आफ्नो कार्यकालमा ओसामा बिन लादेनलगायतका सयौं आतंककारीलाई समाप्त गरेको उल्लेख गर्दै उनले इराकबाट अमेरिकी सेनालाई फिर्ता गर्दै आर्थिक अवस्था राम्रो बनाउन सफल भएको बताए । ओबामाले बाहिरी आक्रमणप्रति अमेरिका सजग रहेको भन्दै रुस र चीनले अमेरिकासँग बराबरी गर्न नसक्ने स्पष्ट पारे । उनले आफ्नो कार्यकालमा इरान र क्यूवासँगको सम्बन्धमा निकै सुधार आएको चर्चासमेत गरे । भावुक हुँदै उनले भने, ‘मलाई तपाईहरुले नै उत्कृष्ट राष्ट्रपति बनाउनु भएको हो ।’

राष्ट्रपतिहरुबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण नै अमेरिकी प्रजातन्त्रको विशिष्टता भएको उनले बताए । प्रत्येक जनताले आर्थिक अवसर पाउने अवस्था नभए प्रजातन्त्रले काम गर्न नसक्ने ओबामाको भनाइ थियो । अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ५५ वर्षीय ओबामा पहिलो कार्यकालका लागि सन् २००८ मा निर्वाचित भएका थिए । सन् २०१२ मा उनले दोस्रो कार्यकालका लागि जनादेश पाए ।

 ओबामाको स्थानमा आउन लागेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका धेरै नीति परिवर्तन गर्ने घोषणा गरिसकेका छन् । ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । 

]]>