देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा- केसी

देशान्तर

उर्लाबारी (मोरङ) । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले माघ महिनाभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

पथरी शनिश्चरेस्थित नेपाली काँग्रेस नगरसमितिको प्रथम नगरसम्मेलनको आइतबार उद्घाटन गर्दै उनले अबको १५ महिनाभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेकाले सबै दलको सहमति जुटाएर अघि बढ्नुपर्ने बताए ।

यस्तै सहरी विकासमन्त्री केसीले आजै कोशी हैरचामा जनता उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्राप्ति सबैको लक्ष्य हुनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सबै दलबीच एकता हुनुपर्नेमा जोड दिए । “विद्यार्थीले कर्तव्य र लक्ष्य प्राप्तिमा ध्यान दिनुपर्छ,” मन्त्री केसीले भने ।

]]>