देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक सङ्कट आउन नदिन दलहरु मिल्नुको विकल्प छैनः देउवा

देशान्तर

वालिङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल आदर्श क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २०७४ माघभित्र तीनवटै निकायको निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटतर्फ धकेलिन सक्ने खतरा रहेको बताए ।

“संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल मिल्नुको विकल्प छैन,” उनले भने– “२०७४ माघभित्र स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुन सकेन भने देशमा संवैधानिक सङ्कट आउन सक्छ ।”

संवैधानिक सङ्कटबाट मुलुकलाई जोगाउन दलहरुले छिटोभन्दा छिटो सहमति गरी निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो । संविधान संसोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल भइरहेको नेता देउवाले बताए । “एमाले पनि देशलाई निकास दिन सकारात्मक हुनेछ र देश छिटै निर्वाचनमा जानेछ,” उनले भने ।

]]>