देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पश्चिमका ५ जिल्लामा ग्याँसको मूल्य घट्यो

देशान्तर

<span style=”font-size:16px;”>रुपन्देही । पश्चिमी जिल्लामा ग्यासको मूल्य घटेको छ। आयल निगमले पुस २० गतेदेखि नै प्रतिसिलिन्डर रु २० घटाए पनि स्थानीय ग्यास बिक्रेता सङ्घको आन्दोलनले लागू हुन सकेको थिएन। आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो।

निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको छ। आयल निगम क्षेत्रीय कार्यालय भलवारीका अनुसार नयाँ निर्णयअनुसार अबदेखि उपभोक्ताले रु एक हजार ३०५ मा ग्यास खरिद गर्न पाउने छन्। रुपन्देहीमा चारवटा ग्यास उद्योग सञ्चालनमा छन्। यसैबीच निगमले रुपन्देहीमा खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य घटाएपछि आफूहरुले पाउँदै आएको कमिशन कम भएको भन्दै आन्दोलनमा उत्रिएका बिक्रेता र ग्यास उद्योगीबीच बुधबार सहमति भएको छ।

सहमतिसँगै ग्यास बिक्रेताले ग्यास उपभोक्तालाई बिक्री गर्न थालेका छन्। रुपन्देहीमा स्थानीय ग्यास उद्योगी र ग्यास बिक्रेता सङ्घले लगानीअनुसार ग्यासको कारोबारमा सरकारले दिएको कमिशन न्यून भएको भन्दै व्यवसायीले आन्दोलन गर्दै आएका थिए।

उद्योगी र बिक्रेताले भ्याटकै कारण उद्योगी र बिक्रेता दुबै मर्कामा परेको निष्कर्ष निकाल्दै भ्याट खारेजी र बिक्रेताले पाउँदै आएको कमिशन यथावत कायम गराउन सरकारलाई माघ १९ गतेसम्म समय दिने र त्यतिबेलासम्म माग पूरा नभए संयुक्त आन्दोलन गर्ने सहमति भएको ग्यास बिक्रेता सङ्घ रुपन्देहीका अध्यक्ष वसन्त गौचनले जानकारी दिए। 

]]>