देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांस्कृतिक संघको महाधिवेशन पाँचौ पटक सर्‍यो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महाधिवेशन पाँचौ पटक सरेको छ । पछिल्लो पटक मकवानपुरको हेटौडामा माघको ७, ८ र ९ गते महाधिवेशन गर्न मिति तोकिएको थियो । तर हेटौडामा सवै तयारी सकिएपछि अन्तिम समयमा आएर संघको महाधिवेशनको मिति माघ २२, २३ र २४ गतेका लागि सारिएको छ । पुसको दुई र तीन गते हेटौडामा गर्ने भनेको महाधिवेशन फेरि एक महिना पछि सार्दै माघ पहिलो साताका लागि तोकिएको थियो । संघको बिधान बमोजिम तीन तीन वर्षमा गर्नुपर्ने महाधिवेशन तीन कार्यकाल पुरा भइसक्दा पनि हुन सकेको छैन् । पछिल्लो एकवर्ष सांस्कृतिक संघको महाधिवेशनको मिति घोषणा गर्दै सार्दै गर्ने भन्दा अरु कुनै काम हुन नसकेको भन्दै संघमा तिव्र असंतुष्टी बढेको छ । 

यो भन्दा अगाडि माघमा महाधिवेशन सार्ने निर्णय गर्ने बैठकमा महासचिव कुलचन्द्र सुवेदीलाई समेत जानकारी नदिई अध्यक्ष थापाले एक्लै गरेपछि विवाद बाहिर आएको हो । संघको महाधिवेशन २०६६ साल यता हुन सकेको छैन । पछिल्लो एकवर्षमा चार पटक मिति तोकेर पनि महाधिवेशन गराउन अध्यक्ष तिर्थ थापा असफल भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालालाई समेत महाधिवेशनको निम्तो दिएको नाटक अध्यक्ष थापाले गरेका थिए । 

खासगरि नेपाली कांग्रेसका १७ वटा शुभेच्छुक संस्थामा मध्ये समयमा महाधिवेशन गर्न नसकेको सांस्कृतिक संघ मात्रै हो । पटक पटक महाधिवेशनको मिति तोक्ने तर फेरि महाधिवेशन सार्ने काममा अध्यक्ष थापा लागेपछि बर्तमान कार्यसमिति तर्दथ समिति सरह भएको भन्दै कांग्रेसका भ्रातृसंस्था नेपाल बिद्यार्थी संघ तरुण दल महिला संघको जस्तो बर्तमान कार्यसमितिलाई चुनाव लड्न बन्देज लगाउनुपर्ने आवाज समेत उठेन थालेको छ । 

अझ पछिल्लो समयमा बिधानका बिषयमा चर्को विवाद भएपछि महाधिवेशन सारिएको बताइएको छ । संघको बिधानमा संगठनको संरचना जिल्लागत रुपमा रहेको छ । तर अहिले सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाले बिधानलाई मिच्दै बिभिन्न आवद्ध संघ बनाउदै अधिवेशन गराउन लागेपछि विवाद सृजना भएको हो । हरेक तीन तीन वर्षमा महाधिवेशन हुनुपर्ने बिधानमा व्यवस्था भएपनि अध्यक्ष तीर्थ थापाले १० वर्ष बितिसक्दा समेत अध्यक्ष पद नछोडेपछि अहिले कायम रहेको जिल्लागत संरचनामा रहेका संघका नेता कार्याकर्ता थापाको बिरुद्धमा रहेपछि उनले बिधान मिच्दै बिभिन्न बिद्यागत संघहरुलाई महाधिवेशनमा सहभागि गराउन लागेको बताइएको छ । 

‘बिद्यागत संघहरुलाई महाधिवेशनमा सहभागि गराउनका लागि बिधानमा व्यवस्था हुनुपर्ने हो अनि बिधान पास गराउनका लागि महाधिवेशन वा बिधान अधिवेशन हुनुपर्छ तर दुवै भएको छैन तर बिद्यागत संघको अधिवेशन भटाभट भइरहेको छन्’ असंतुष्ट एक नेताले भने— ‘अहिले विधी र बिधान विपरित बिद्यागत संघलाई कसरी महाधिवेशनमा सहभागि गराइदो रहेछ हामी पनि हेर्छौ ।’ उनले सांस्कृतिक संघको बिधान एकातिर तर अध्यक्ष तिर्थ थापाले आफ्ना सर्मथक बढाउनका लागि अधिवेशन अर्कोर्  तिर गर्दै हिडेको आरोप लगाए ।  हालसम्म झण्डै ६० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । २०६६ सालमा पहिलो महाधिवेशन हुादा संघको महाधिवेशनमा ५९ जिल्लाको सहभागिता थियो, तर अहिलेको महाधिबेशनमा ७५ जिल्लाकै प्रतिनिधिको सहभागिता हुने बताइएको छ । संघको महाधिबेशनमा करिब एक हजार प्रतिनिधिको सहभागिता हुने आयोजकले जनाएको छ । 

 

]]>