देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियु निर्वाचनको मुखमा विवाद बढाउने दाउ

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघ गत पुस २६ गतेदेखि माघ २ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहदका विरुद्धमा उभिने निर्णय गर्‍यो । त्यही अनुरूप नेपाल विद्यार्थी संघको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्‍यो । पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको केन्द्रीय समितिका निर्णयहरूमध्येको महत्वपूर्ण निर्णय भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहद नमान्ने भन्ने निर्णय पनि हो । 

तर केन्द्रीय समितिले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेको एकदुई दिन पनि नबित्दै नेपाल विद्यार्थी संघका उम्मेदवार बन्न तोकेको उमेर हदप्रति नेविसंघ असन्तुष्ट भएको भन्ने हल्लामा कुनै सत्यता नभएको भन्दै महामन्त्री कुन्दनराज काफ्लेका नाममा विज्ञप्ति आयो । उनको विज्ञप्तिमा स्ववियु उम्मेदवारको हदबन्दीका विषयमा संगठन, पार्टी नेतृत्व र अदालतमा समेत छलफल भइसकेकोले विवाद नगरी समयमै निर्वाचन हुनुपर्ने उल्लेख छ । संगठन भनेको कुनै व्यक्तिको इशारामा नभई सामूहिक निर्णयका आधारमा चल्ने हो ।

तर संगठनमा एक सातासम्म छलफल भएर गरिएको निर्णयलाई चुनौती दिँदै कोही कसैका नाममा विज्ञप्ति वा टिप्पणी आउनु पनि संगठनको हित विपरीत हुन जान्छ । संगठनले गरेको निर्णय मान्ने दायित्व संगठनको अध्यक्षदेखि साधारण सदस्यसमेतलाई समान हुने भएकाले संगठनलाई हानि हुने काम कसैले गर्न नहुने विद्यार्थीले बताउन थालेका छन् । 

अर्कोतर्फ स्वतन्त्र विद्यार्थी युनियनमा उमेर हदको बन्देज भनेको प्राकृतिक न्यायको सिद्धान्तभन्दा विपरीत हुन्छ । त्रिभुवन विश्वविद्यालयले कुनै पनि तहमा विद्यार्थी हुनका लागि उमेरको बन्देज लगाएको छैन । त्यो भनेको जुनसुकै उमेरको मान्छे पनि विद्यार्थी बन्न पाउछ । विश्वविद्यालयको विद्यार्थी भनेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मतदाता हुन्छ । मतदाता हुने तर उम्मेदवार बन्न नपाउने भन्ने पनि सामान्यतया प्राकृतिक न्यायको सिद्धान्तभन्दा विपरीत हुन जान्छ ।

त्यही कारणले नेपाल विद्यार्थी संघले  उमेरहदका विषयमा लिएको अडानलाई आम विद्यार्थीले स्वागत गरेका छन् । तर आमविद्यार्थी माझ लोकप्रिय हुने कार्यक्रम अगाडि सार्दा कोही कसैलाई समस्या पर्दा विद्यार्थी नै प्रतिकारमा उत्रने निश्चित छ । पार्टीभित्रका कुनै समूह वा गुटलाई फाइदा हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा कार्यकर्ता संरक्षणका लागि विवादको नाटक रचिएको बताएको छ । 

झन्डै एक सातासम्म चलेको केन्द्रीय समितिको बैठकमा सहभागी नहुने अनि पार्टीभित्रको कुनै समूह वा गुटको राजनीतिलाई सहज बनाउनका लागि आम विद्यार्थीको पक्षमा संगठनले लिएको अडानको विपक्षमा उभिँदा कस्लाई हित हुन्छ, यो विषयमा आम विद्यार्थीले सोच्न जरुरी छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मुखमा कसैको स्वार्थपूर्ति गर्नका लागि नेपाल विद्यार्थी संघभित्रै विवाद देखाउनु गलत हुने आम विद्यार्थीको बुझाइ रहेको छ ।

 

]]>