देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा शक्तिशाली आँधी, १८ जनाको मृत्यु

देशान्तर

वासिंटन । अमेरिकामा आएको शक्तिशाली आँधीबेहेरीमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको आपतकालीन विभागका अधिकारीहरुले जानकारी दिएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टिमा आपतकालिन अवस्था घोषणा गरिएको छ । यस्तै मिसिसिपीमा पनि चार जनाको मृत्यु भएको छ । आँधी बेहेरीमा परी कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ । त्यसक्षेत्रका धेरै घर भत्किएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहत प्रदान गर्ने बताएका छन् । 

]]>