देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसममा एक्कासी परिवर्तन, उपत्यकासहित पश्चिमी भेगमा हल्का वर्षा

देशान्तर

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार एक्कासी देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का वर्षासमेत भएको छ भने उच्च हिमाली भेगमा हिमपात भएको छ ।

पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ । हल्का वर्षा भएपछि जनजिवन समेत प्रभावित भएको छ । दिपायल, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ लगायत जिल्लाहरुमा शुक्रबार बिहानैदेखि पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् ।

पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ । तर, पूर्वी भेगमा पनि बिस्तारै मौसम बदली हुँदै जाने, पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरिएको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार शुक्रबार र शनिबार चिसो बढ्नेछ । तर, यो जाडो धेरै दिनसम्म रहने छैन । यस वर्ष जनवरी १६ मा सबैभन्दा धेरै जाडो महसुस गरिएको थियो । सो दिन काठमाडौं उपत्यकाको तापक्रम शून्य दशमलव चार डिग्री सेल्सियस पुगेको थियो ।

 

]]>