देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको वार्षिक कर्म सम्पन्न

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको तिथिका हिसाबले शनिबार एक वर्ष पुगेको छ । कोइरालाको निधन भएको एक वर्ष पुगेको पूण्यतिथिमा महाराजगन्जस्थित कोइरालाको निधन भएको कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको निवासमा हिन्दु परम्पराअनुसार वार्षिकी पूजा सम्पन्न भएको कोइरालाका भतिजा अतुल कोइरालाले जानकारी दिए । तिथिअनुसार पूजा गरी सबैलाई प्रसाद ग्रहणका लागि निम्ता गरिएको थियो । पार्टी सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सीतादेवि यादव तथा राजधानीमा उपलब्ध पार्टीका सबैजसो नेताहरू वार्षिकीको पूजामा सहभागी भएका थिए । अविवाहिता कोइरालाको १३ दिनको कर्मसमेत भतिजा अतुलले गरेका थिए । 

अघिल्लो माघ २६ गते राति १२:५० उनको निधन भएको थियो । तिथिको घटीबढीका कारण वार्षिक पुण्यतिथि १० दिन अगाडि परेको हो । तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको हो ।

कोइरालाले नै संविधान जारी भएपछि तराई मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि संविधानका केही विषयमा तत्काल संशोधन गरेका थिए भने केही विषयमा पछि संशोधन गर्ने वाचा संसद्को रोष्टममा उभिएर गरेका थिए । मौसम फेरिएर फोक्सोमा निमोनिया विकास भएपछि श्वासप्रश्वासमा समस्या (टाइप टु रेस्पिरेटोरी फेलियर) आएका कारण कोइरालाको निधन भएको थियो । 

 

]]>