देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तापक्ष र मधेसी मोर्चाबीच बालुवाटारमा छलफल सुरु

देशान्तर

काठमाडौं  । सरकारले संसदमा पेश गरेको संविधान संसोधनको मस्यौदा प्रति समेत संतुष्ट बन्न नसकेको मधेशी मोर्चासंग सत्तारुढ दलहरुले छलफल थालेका छन् ।

संविधान संसोधन र निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि सत्तापक्ष र मधेसी मोर्चाबीच छलफल सुरु भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा विशेषगरी सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रेस सल्लाहकार आचार्यका अनुसार मोर्चासँग निर्वाचनका विषयमा पनि छलफल हुने छ।

सरकारले संसदमा पेश  गरेको संविधान संसोधनका कुन कुन बिषयमा मोर्चाको असहमति हो भन्ने बिषयमा सरकारमा रहेका दलहरुले मधेशी मोर्चाको संयुक्त धारणा माग्ने तयारी गरेको बताइएको छ । 

]]>