देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाइड बडी खरिदको प्रक्रिया अन्तिम चरणमा

देशान्तर

काठमाडौं । नेपाल वायुसेवा निगमले व्यापार बढाउन भन्दै दुई वटा वाइड वडी विमान खरिदको प्रक्रिया अगाडि बढाएको छ । यसको लागि ग्लोबल टेन्डर भएर पनि उक्त टेन्डरको मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । तर निजी क्षेत्रका वायुसेवा कम्पनीको हित चाहने कतिपय व्यक्तिहरू भने निगमको उक्त कामप्रति रोष प्रकट गरिरहेका छन् ।  निगमको उक्त टेन्डरलाई लिएर दुईवटा कोणबाट प्रश्न उठाइएको छ । एउटा निगमले दुईवटा ठूला जहाज उडाउन सक्दैन र अर्को हजार घन्टासम्म उडेको विमानमात्र खरिद गर्ने भन्ने प्रावधानलाई आलोचनाको तारो बनाइएको छ । 

जानकारहरूका अनुसार यी दुइवटै तर्क र प्रश्नमा त्यति दम छैन । किनभने हजार घन्टा चलेको जहाजलाई अन्तर्राष्ट्रिय रूपमा नै नयाँ सरह मानिने परम्परा रहेको छ । विशेषगरी समय र लागतको हिसाबले यो विधि विश्वका कयौं कम्पनीहरूले अपनाउने गरेकोले यसको विरोध गर्नु बाञ्छनीय नभएको उनीहरूको भनाइ छ । 
हजार घन्टासम्म चलेको जहाज किन्ने निर्णय काम खराब नियतले नभई निगमकै हितको लागि गरिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् । ‘दुई सयवटा राष्ट्रको कुनै पनि प्रतिष्ठित कम्पनीले टेण्डर हाल्न सकिने ग्लोबल टेन्डरलाई शंका गर्नु अचम्मको विषय हो’, उनले भने, ‘अर्को कुरा हजार घन्टा चलेको राखेपछि बिचौलिया राख्न मिल्ने, नौ ९९ वा पाँच सय वा १ घन्टा वा ० घन्टा चलेको राखेपछि बिचौलिया राख्न नमिल्ने तर्क अलि मिलेन कि ?’ 

निगमले किन्न लागेको जहाज ठूलो भएको र त्यसको संचालन गर्न निगम तयार नभएको भनाइ निगम कहिल्यै पनि अगाडि नबढोस्, जहाज नै नकिनेर बसोस् भन्ने चाहना राख्ने मान्छेले राखेको बताउँछन् निगममा कार्यरत् एक इन्जिनियर । पहिले निगमले वाइड बडी खरिद गर्न खोज्दा पनि यो उचित निर्णय होइन भनि निकै टीका–टिपणी भएको थियो, अहिले पनि त्यही भैरहेकोले यो रहस्यमय भएको कंसाकारको बुझाइ छ । 
‘निगमले १९० सिटको बोइङ चलाइरहेको ३०/३५ वर्ष भयो अब ७० सिट थप भएको विमान निगमको नेपाली कर्मचारीले कुनै हालतमा चलाउन सक्दैन भन्ने तर्क हीनताबोधको पराकाष्ठ भएन र ?’ कंसाकारले प्रश्न गर्दै भने, ‘नेपालले विकास गर्न सक्छ र भने जस्तो यो प्रश्न भयो, विकास त नाकले टेकेर भए पनि गर्नै पर्‍यो नि । १९९ मुलुकले विकास गर्न सक्ने नेपालले किन नसक्ने ? विश्वको हजारौं एयरलाइन्सले वाइड बडी चलाउन सक्ने, निगमको नेपाली नागरिकहरूले मात्र चलाउनै सक्तैन भन्ने तर्क के हो ?’

वाइड बडी जहाज चलाउनको लागि निगमले कर्मचारी तथा व्यवस्थापकीय तयारी गरिरहेको र आफू अहिले वादप्रतिवादमा उत्रनुभन्दा पनि काम गरेर देखाउन लागि परेको कंसाकारले बताए । 

 

]]>