देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांस्कृतिक संघमा गम्भीर विवाद, महाधिवेशन चौथो पटक सर्‍यो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महाधिवेशन चौथो पटक सरेको छ । पछिल्लो पटक पुसको दुई र तीन गते हेटांैडामा गर्ने भनेको महाधिवेशन फेरि एक महिना पछि सारिएको छ । संघको बिधान बमोजिम तीन–तीन वर्षमा गर्नुपर्ने महाधिवेशन तीन कार्यकाल पुरा भइसक्ने समय भइसक्दा पनि हुन सकेको छैन् । पछिल्लो एक वर्ष सांस्कृतिक संघको महाधिवेशनको मिति घोषणा गर्दै सार्दै गर्नेभन्दा अरू कुनै काम हुन नसकेको भन्दै संघमा तीव्र असन्तुष्टी बढेको छ । पछिल्लो पटक पुस दुई गतेदेखि हुने भनिएको महाधिवेशन रोक्ने निर्णय केन्द्रीय समितिका सबै सदस्यलाई समेत जानकारी नदिइ अध्यक्ष तीर्थ थापाले गरेको भन्दै असन्तुष्टि बढेको बताइएको छ । 

संघको ७१ सदस्यीय कार्यसमितिमध्ये जम्माजम्मी १७ जनाको उपस्थितिमा अध्यक्ष थापाले बैठक बोलाएर महाधिवेशनको मिति एक महिना पर सारेपछि विवाद बढेको बताइएको छ । पछिल्लो पटक माघ ७ देखि ९ गते सम्म संघको महाधिवेशन हेटांैडामा गर्ने गरि सारिएको छ । माघमा महाधिवेशन सार्ने निर्णय गर्ने बैठकमा महासचिव कुलचन्द्र सुवेदीलाई समेत जानकारी नदिई अध्यक्ष थापाले एक्लै गरेपछि विवाद बाहिर आएको हो । संघको महाधिवेशन २०६६ साल यता हुन सकेको छैन । पछिल्लो एक वर्षमा चार पटक मिति तोकेर पनि महाधिवेशन गराउन अध्यक्ष थापा असफल भएपछि वर्तमान कार्यसमिति अवैद्य भएको भन्दै महाधिवेशन आयोजक समिति बनाउनुपर्ने माग समेत संघमा उठ्न लागेको स्रोतको भनाई रहेको छ । नेपाली कांग्रेसका १७ वटा शुभेच्छुक संस्थामध्ये समयमा महाधिवेशन गर्न नसकेको सांस्कृतिक संघ मात्रै हो । अर्कोतर्फ समयमा महाधिवेशन गराउन नसकेर वर्तमान कार्यसमिति तर्दथ समिति सरह भएको भन्दै कांग्रेसका भ्रातृसंस्था नेपाल बिद्यार्थी संघ, तरुण दल महिला संघको जस्तो वर्तमान कार्यसमितिलाई चुनाव लड्न बन्देज लगाउनुपर्ने आवाज समेत उठेन थालेको छ । 

अझ पछिल्लो समयमा केन्द्रीय समितिमा छलफल समेत नगरी सांस्कृतिक संघलाई महासंघको अवधारणामा लैजाने भन्दै अध्यक्ष थापाले विभिन्न आवद्ध संघहरू बनाउन थालेपछि विवादले चर्को रूप लिने देखिएको छ । अहिले संघको विधान महासंघको अवधारणा छैन र विधान पास गर्नका लागि महाधिवेशनमा लैजानुपर्नेमा अध्यक्ष थापाले आफूलाई महाधिवेशनमा सहज हुने ढंगले विभिन्न संघ बनाउन लागेपछि असन्तुष्ट पक्ष आक्रोशित भएको छ । 

स्रोतका अनुसार संघका संस्थापकहरूले सांस्कृतिक संघलाई अध्यक्ष थापाले ‘झोले’ बनाएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले अध्यक्ष थापाले संघको कार्यालय स्थापना गर्नुको साटो कार्यालय झोलामा राखेर संचालन गरेको भन्दै असन्तुष्टि जनाउन थालेका छन् । वर्तमान कार्यसमितिका महामन्त्री कुलचन्द्र सुवेदी, कोषाध्यक्ष प्रज्ञा जोशी, पूर्वाञ्चल उपाध्यक्ष राजकपुर यादव, मध्यपश्चिम उपाध्यक्ष सुशीला गिरि तथा सुदूरपश्चिम उपाध्यक्ष गोपाल गुरुङ तथा सहमहामन्त्री वीरेन्द्र यादव अध्यक्ष थापासँग असन्तुष्ट बनेको बताइएको छ । 

यसका अतिरिक्त संस्थापकहरूमध्ये संस्थापक महासचिव जर्नादन आचार्य, पूर्व उपाध्यक्ष टंक विश्वकर्मा, गंगाबहादुर पाण्डे, हेमन्त बुढाथोकी दुर्गा रायमाझी हरि सुवेदी जस्ता संघका वरिष्ठ नेता समेत असन्तुष्ट बनेको बताइएको छ । संस्थापकहरूले अध्यक्ष थापाले विधानअनुसार कार्यसमित ७१ सदस्यीय हुनुपर्नेमा चियापसलमा समेत केन्द्रीय सदस्य मनोनय गर्दै हिंडेको भन्दै आपत्ति जनाएका छन् । यो विषय पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरूलाई समेत जानकारी गराइसकेको बताइएको छ । 

 

]]>